PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सर्वोत्तम स्टिलको भट्टी पड्किँदा ११ जना कामदार घाइते, ७ जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

सर्वोत्तम स्टिलको भट्टी पड्किँदा ११ जना कामदार घाइते, ७ जनाको अवस्था गम्भीर

वीरगंजः वीरगंज - पथलैया औद्योगिक करिडरमा स्टिल कम्पनीको भट्टी पड्किँदा ११ जना कामदार घाइते भएका छन्।

सर्वोत्तम स्टिलको भट्टी पड्किँदा ११ जना भारतीय कामदारहरू घाइते भएको प्रहरीले जानकारी दिएको छ।

दिउँसो पौने १ बजेको फलाम गलाउने भट्टी पड्किएको हो। घाइते ११ जनामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। चार जना सामान्य घाइते भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

सबै घाइतेको गण्डकस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell