PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

म्याग्दीको राहुघाट खोला थुनिँदा ५०० मिटर लामो ताल बन्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



पहिलोपोस्ट

म्याग्दीको राहुघाट खोला थुनिँदा ५०० मिटर लामो ताल बन्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
PHOTO : mapcarta

काठमाडौं : पहिरोले कालीगण्डी नदीको सहायक नदी राहुघाट खोला थुनिएको छ। पहिरोले नदी थुनिएर ताल बनेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ।

बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल बनेको र पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा रहेको प्रशासनले जनाएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell