PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

माओवादी कार्यालयमा जेबी टुहुरेको पार्थिव शरीर, नेता/कार्यकर्ताले दिए श्रद्धाञ्जली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। नेकपा माओवादी केन्द्रबाट सांसद समेत बनेका टुहुरेको पार्थिव शरीरलाई आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

पार्टी कार्यालयमा नेता/कार्यकर्ताहरुले टुहुरेलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले टुहुरेको पार्थिव शरीरमा पार्टीको झण्डा ओड्याएका थिए।

मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको उपचारकै क्रममा आज १२:३० बजे निधन हो।

टुहुरेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell