PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

सनाखतमा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने एमालेको निर्णय



पहिलोपोस्ट

सनाखतमा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालले निर्वाचन आयोगले  विवादस्पद निर्णय गरेको आरोप लगाएको छ।

आज दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत पक्रियमा आयोगले विवादास्पद निर्णय गरेको बताएको छ। कारबाहीमा परेका, अनुपस्थित भएका मानिसको पनि सनाखत गरेको भन्दै त्यसविरुद्ध प्रतिकार गर्ने जनाएको हो।

'निर्वाचन आयोगबाट केहि विवादस्पद निर्णयहरु भएका छन्। पार्टिले कारबाहीका निम्ति कारबाही गरेर त्यसको सुचना दिइसकेका व्यक्तिलाई समेत गणना गरेर सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका केही गतल कामहरु त्यहाँबाट भएका छन्। हामी यसको कानुनी प्रतिवाद गर्छौं,' नेता ज्ञवालीले भने।

त्यस्तै सभामुखले पार्टीले कारबाही गरेको पत्र अनुसार सुचना टाँस नगरेकोमा संसदिय अभ्यास अनुसारको बिरोध गर्ने निर्णय समेत भएको छ।

त्यस्तै, आयोगको निर्णयविरुद्ध कानुनी प्रतिवाद गर्नेसमेत निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। त्यस्तै, नयाँ पार्टीमा गएका नेताहरुको नाम पार्टीको अभिलेखबाट हटाउने र फर्किन चाहनेका लागि ढोका खुला राख्ने निर्णय गरेको छ। बैठकले १० बुँदे प्रस्तावलाई कार्यावन्य गर्ने विषयमा समेत निर्णय भएको नेता ज्ञवालीले भने।

हिजोमात्रै माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले औपचारिक मान्यता पाएको हो। हिजो निर्वाचन आयोगले सनाखत प्रकृया पूरा गरेर राति पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell