PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

दार्चुलामा २८ वर्षमा तुइनबाट खसेर २६ जनाको मृत्यु,जयसिंह घटनाको छानविन प्रतिवेदन चाँडै आउँछः गृहमन्त्री खाँण



पहिलोपोस्ट

दार्चुलामा २८ वर्षमा तुइनबाट खसेर २६ जनाको मृत्यु,जयसिंह घटनाको छानविन प्रतिवेदन चाँडै आउँछः गृहमन्त्री खाँण

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने दाबी गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए। उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएको समेत जानकारी दिए।

गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराएका थिए। उनलेले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी दिए। “नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ”, गृहमन्त्रीले भने। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell