काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४३३ जनामा संक्रमण देखिएको हो।
यस्तै, १ हजार ९२९ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३८४ पुगेको छ।
संक्रमणका कारण थप २६ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ६३८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर ४९ लाख ८६ हजार ८९३ जनाले खोपको पहिलो डोज लगाएका छन्। यस्तै, ३९ लाख ४९ हजार ५२९ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।
