PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

नेपाल भारतबीचको मैत्रीपूर्ण खेललाई लिएर एन्फा र एडप्याडबीच प्रसारण सम्झौता



पहिलोपोस्ट

नेपाल भारतबीचको मैत्रीपूर्ण खेललाई लिएर एन्फा र एडप्याडबीच प्रसारण सम्झौता
फोटो: एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रसारण र मार्केटिङ सम्झौता एडप्याडसँग गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडका एमडी सुरज गिरीबीच आज सम्झौता भएको हो।

सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रधान गर्नेछ।

नेपालले सेप्टेम्बर २ र ५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। अहिले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell