PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नेपाली फुटबल टोलीको बाँकी बन्द प्रशिक्षण कतारमा हुने



पहिलोपोस्ट

नेपाली फुटबल टोलीको बाँकी बन्द प्रशिक्षण कतारमा हुने
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बाँकी प्रशिक्षण कतारमा हुने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले बाँकी अभ्यास कतारमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपाली टोली प्रशिक्षणका लागि सेप्टेम्बर १० तारिखमा कतार जानेछ। अक्टोबर १ बाट शुरु हुने साफका लागि नेपाली टोली कतारमा बाँकी अभ्यास गर्नेछ।

प्रशिक्षणमा अहिले २५ खेलाडी रहेका छन्। नेपाली टोली उतैबाट साफका लागि माल्दिभ्स जानेछ। कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल काठमाडौंमा खेल्नेछ। सेप्टेम्बर २ र ५ मा नेपालले दशरथ रंगशालामा भारतसँग खेल्नेछ।

यसअघि, नेपाली टोलीले काठमाडौंमा अभ्यास गरेको थियो। बीचमा प्रशिक्षक अब्दुल्लाह अल मुताइरीको राजीनामा प्रकरणपछि अभ्यास पोखरामा सारिएको थियो। पोखरामा अभ्यासपछि राष्ट्रिय टोली प्रशिक्षणमा कतार जाने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell