PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

काबुल विस्फोटको निन्दा गर्दै तालिवानले भन्योः अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा घटना भयो



पहिलोपोस्ट

काबुल विस्फोटको निन्दा गर्दै तालिवानले भन्योः अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा घटना भयो

तालिवानले काबुलमा भएको विस्फोटको निन्दा गरेको छ। तालिवानले अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा विस्फोट भएको दाबी समेत गरेको छ।

तालिवानी प्रवक्ता जबिहुल्ला मुजाहिदले काबुलस्थित हामिद कर्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोट भएको क्षेत्रको सुरक्षा जिम्मेवारी अमेरिकी सेनाको रहेको बताएका हुन्।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। अमेरिकी सेनाको अनुमतिबिना विमानस्थल क्षेत्रमा प्रवेश गर्न कसैले पाउँदैनन्। अफगानिस्तान छाड्न चाहने सयौँ मानिस दैनिक विमानस्थलबाहिर पुग्ने गरेका थिए।

आज भएको विस्फोट आइएसआइएसले गरेको हुन सक्ने अनुमान गरिएको छ।

आजको विस्फोटमा १३ जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते भएको तालिवानले जनाएको छ। घाइते र मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यहरुले उल्लेख गरेका छन्।

तालिवानले अफगानी जनताको सुरक्षाका लागि सबै कदम चाल्ने समेत बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell