यूईएफए च्याम्पियन्स लिगको ड्र गएराति सार्वजनिक भएको छ। जसअनुसार साविक उपविजेता इङ्ग्लिस क्लब म्यानचेस्ट सिटीले स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बायर्न म्युनिख र बार्सिलोना एउटै समूहमा पर्दा साविक विजेता चेल्सी र युभेन्टस पनि एउटै समूहमा परेको छ।
कुन समूहमा कुन टीम?
समूह ए :
म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएजी), आरबी लाइपजिग, क्लब ब्रुग
समूह बी :
एटलेटिको म्यड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह सी :
स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमन्ड, आयाक्स, बेसिक्टास
समूह डी :
इन्टर मिलान, रियल मड्रिड, शख्तर डोनेस्क, शेरिफ टिरास्पोल
समूह ई :
बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो कियिभ
समूह एफ :
भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज
समूह जी :
लिल, सेभिया, एफसी साल्ज्बर्ग, वल्फ्सबर्ग
समूह एच :
चेल्सी, युभेन्टस, जेनिट सेन्ट पिटरबर्ग, माल्मो

