बुटवल : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू डुबानमा परेका छन्। यस्तै, पहाडी क्षेत्रका सडकहरू पहिरो जाँदा अवरुद्ध भएका छन्।
वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासी, दाङ बाँके र बर्दिया क्षेत्रका विभिन्न ठाउँ डुबानमा परेका छन्। ठाउँ–ठाउँमा डुबान भएका कारण पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्ध भएको छ।
रुपन्देहीको देवदहस्थित तुरिया खोला पुल समेत भनिने घोडाहा खोला पुल बाढीका कारण भासिँएको छ। वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर सारुले बताएका छन्।
प्रहरीले भासिँएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ।
