PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य



पहिलोपोस्ट

काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य
File Photo: Akhter Gulfam/EPA

शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा करिब ११० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृत्यु भएको छ।

काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले लिएको छ। अफगानिस्तानमाथि तालिवानले नियन्त्रण कायम गरेपछि काबलु विमानस्थलबाट बाहिरिने क्रम बढ्दै गर्दा आक्रमण भएको हो। आक्रमणपछिको काबुलको अवस्था बारे अझै स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।

काबलु विमानस्थलबाट उद्धार कार्य फेरि सुरु भएको छ। आजै धेरै संख्यामा विमानहरुले सयौं मानिसलाई उद्धार गरेको छ। हजारौं मानिस विमानस्थल प्रवेश गर्न विमानस्थल बाहिर पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell