काठमाडौं: नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ। नियमित कप्तान सुनिल क्षेत्रीलाई समेट्दै भारतले टोलीको घोषणा गरेको हो।
नेपाल र भारतबिच सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। दुबैटोली साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीमा छन्।
भारतीय टोलीले तयारीस्वरुप कोलकतामा मोहम्मेडन क्लबसँग खेलेको थियो। भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले अगाडिका खेलका लागि सतर्क हुनुपर्ने बताएका छन्।
'दशदिनको अभ्यास गरेर हामीले धेरै अपेक्षा राख्न सकिँदैन। खुट्टाहरु अझै भारी छन्, खेलाडीहरुलाई रिफ्रेस गराउन आवश्यक छ,' प्रशिक्षक स्टिमाकले भनेका छन्, 'नेपालसँग हुन गइरहेको दुई खेलका लागि सतर्क हुन आवश्यक छ।'
को को छन् भारतीय टोलीमा?
गोलिकिपर: अरमिन्दर सिंह, धीरज सिंह मोइरंगदेम, गुरप्रीतसिंह संधु
डिफेन्डर: प्रीतम कोटल, चिनग्लेनसना सिंह कोन्सम, मंदार राव देसाइ, आकाश मिश्रा, राहुल वेके, सुभाषिश बेस, सेरिटन फर्नान्डेज
मिडफिल्डर: लालेंगमालिया, बिपिन सिंह, अनिरुद्ध्र थापा, सहल अब्दुल समद, ब्रेन्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांगजाम, जेकसन सिंह, प्रणय हलदर
फर्वार्डस्: मनभीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुक चौधरी
नेपाल र भारत हालसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा भारतले १३ खेल जित्दा नेपालले २ खेल जितेको छ। पछिल्लो पटक नेपालले सन् २०१३ मा भारतलाई हराएको थियो।
यता नेपाल पनि पोखरामा तयारी गरिरहेको छ। भारतसँगको अभ्यास खेलपछि थप अभ्यासका लागि कतार जाने नेपाली टोलीको तयारी छ।
प्रशिक्षणमा रहेका नेपाली खेलाडी
किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुस घलान, बिसाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ
पछिल्लो पटक सन् २०१५ मा नेपालले भारतसँगको खेल आयोजना गरेको थियो। दशरथ रंगशालामा सम्पन्न उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो।
फिफा वरीयतामा नेपाल १७१ औै स्थानमा छ भने भारत १०५ औं स्थानमा छ।
