PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दा प्रधान न्यायाधीशले नहेर्ने, मुद्दाको सुनुवाइसम्म जबरा बिदामा



पहिलोपोस्ट

संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दा प्रधान न्यायाधीशले नहेर्ने, मुद्दाको सुनुवाइसम्म जबरा बिदामा

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यादेश मार्फत् संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दाहरुको सुनुवाइमा आफू संलग्न नहुने बताएका छन्।

आज संवैधानिक इजलासमा भएको बहसका क्रममा जबराले आफू संवैधानिक परिषदको निर्णय बमोजिम अध्यादेशबाट भएका नियुक्तहरुविरुद्ध परेको रिटको सुनुवाइमा नबस्ने घोषणा गरेका हुन्।

जबरा आफै जोडिएको संवैधानिक परिषद्बाट भएका नियुक्तीहरुको सुनुवाई उनकै नेतृत्वको संवैधानिक इजलासले गर्न नहुने भन्दै प्रश्न उठेको थियो। आलोचनाहरुको सम्बोधन गर्दै जबराले आफू सुनुवाइमा सहभागी नहुने र रिटको प्रारम्भिक र अन्तिम सुनुवाइका दिन सहजताका लागि बिदामा बस्ने बताएका हुन्।

संविधान अनुसार संवैधानिक इजलास प्रधान न्यायाधीशको नेतृत्वमा गठन हुने गर्छ। तर, जबरा बिदामा बस्ने भएपछि अब दीपककुमार कार्की नेतृत्वको इजलासले संवैधानिक नियुक्तीविरुद्ध परेका मुद्दाहरुको सुनुवाई गर्नेछ।

संवैधानिक निकायको नियुक्तिका विषयमा परेका रिटको अर्को सुनुवाईको पेशी आउँदो शुक्रवारलाई तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell