PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'महामारीमा मिडिया' सार्वजनिक : कोभिड १९ ले संचार क्षेत्रमा कस्तो प्रभाव पार्‍यो ?



पहिलोपोस्ट

'महामारीमा मिडिया' सार्वजनिक : कोभिड १९ ले संचार क्षेत्रमा कस्तो प्रभाव पार्‍यो ?

काठमाडौं : कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्टको संग्रह 'महामारीमा मिडिया' सार्वजनिक भएको छ।

सेन्टर फर मिडिया रिसर्च- नेपालले प्रकाशन गरेको रिपोर्ट आज एक भर्चुअल कार्यक्रमबिच सार्वजनिक गरिएको हो।

कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ। 'महामारीमा मिडिया' यसै विषयमा केन्द्रित रहेको छ।

रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ। यस्तै महामारीका समयमा समाचार संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमा समेत परेको उल्लेख गरिएको छ।

कोभिड १९ पत्रकारमा मनोवैज्ञिनक असर र महामारीका कारण पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको रिपोर्टमा उल्लेख छ। रिपोर्टले विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्व तयारी नभएको र त्यसोहुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको औंलाएको छ। रिपोर्टमा विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।

छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell