PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पहिरोमा परेर उदयपुरमा सात वर्षीय बालकको मृत्यु



रासस

पहिरोमा परेर उदयपुरमा सात वर्षीय बालकको मृत्यु

उदयपुर : उदयपुरको कटारी नगरपालिका-२ मिलन चौक बस्ने सात वर्षीय बालकको आज पहिरोमा परेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका-२ मिलन चौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन्।

दिउँसो २ बजेतिर स्थानीय खहरे खोला नजिकै जङ्गल छेउमा खेलिरहेको बालकमाथि झरेको पहिरोले गम्भीर घाइते बनाएको थियो। घाइते बालकको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell