PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा,  ओमन सिरिजसम्म मात्र नेपाली टोलीको साथमा रहने



पहिलोपोस्ट

क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा,  ओमन सिरिजसम्म मात्र नेपाली टोलीको साथमा रहने
फोटोः क्यान

काठमाडौंः नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। सेप्टेम्बरमा हुने ओमन सिरिजपछि लागू हुने गरी प्रशिक्षकको भूमिकाबाट उनले राजीनामा दिएको नेपाल क्रिकेट संघले जनाएको छ। संघले ह्वाटमोरले निजी कारणले राजीनामा दिएको जनाएको छ।

यता इएसपीएन क्रिकइन्फोले कोभिड १९ को महामारीको कारण परिवारलाई समय दिन नसकिएको कारण ६७ वर्षे व्हाटमोरले राजीनामाको इच्छा देखाएको उल्लेख गरेको छ।

श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावेलगायतका देशमा प्रशिक्षण सम्हालेका ह्वाटमोरले गत डिसेम्बरमा नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले नेदरल्याण्ड्स र मलेसियासँगको त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell