PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रहरीको फरार अभियुक्त पक्राउ अपरेसनः चार दिनमा ८९ जना समातिए



पहिलोपोस्ट

प्रहरीको फरार अभियुक्त पक्राउ अपरेसनः चार दिनमा ८९ जना समातिए

काठमाडौंः जिल्ला प्रहरी कार्यालय चितवनले फरार अभियुक्त पक्राउ गर्ने अपरेसन चलाएको छ।

विभिन्न घटनामा संलग्न अभियुक्त र अदालतबाट दोषी ठहर गरिएकाहरूलाई खोजी कार्य तीव्र रूपमा गरिएको प्रहरीले जानकार दिएको छ। प्रहरीले ४ दिन ८९ जना फरार रहेका मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।

चोरी, लागू औषध, बहुविवाह, बन पैदावार, किर्ते, जुवा, सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद,सवारी अङ्गभङ्ग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकिएका मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

फरार रहेका ८१ जना पुरुष र ८ जना महिला गरी जम्मा ८९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell