काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेट भएको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबिच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल भएको हो। छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेता बिच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृत रुपमा छलफल भएको बताइएको छ। अध्यक्ष दाहालले माधवकुमार नेपालको पार्टी दर्ता भएपछि चाँडै मन्त्रिपरिषद् बिस्तार गर्ने बताउँदै आएका थिए। नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सरकारमा जाने भएको छ।
