PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

माधव नेपाललाई ओलीको कटाक्ष : एक दुईवटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन



पहिलोपोस्ट

माधव नेपाललाई ओलीको कटाक्ष : एक दुईवटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी छोडर नयाँ पार्टी गठन गरेको भए पनि कुनै फरक नपर्ने बताएका छन्।

आज बिहान युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ‌ओलीले आफूले पटकपटक सम्झाउँदा पनि पार्टी फुटाएर गएको बताए। फुट नराम्रो भए पनि त्यसले असर नपर्ने उनको दावी थियो।

'एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन। एक दुईवटा पात पहेँलिएर झर्छन्। रुखले पीर मानेर बस्छ? अर्को टुसो हाल्छ,' अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउने, सरकार गिराउने, प्रदेश प्रदेशमा सरकार गिराउने, बन्न नदिने  'कुलाङ्गार नेता' पार्टीमा जन्मिएको भन्दै तल्लोस्तरको गाली समेत गरे।

त्यस्तै, अध्यक्ष ओलीले माधव नेपालले नयाँ पार्टी खोल्नुलाई सागरमा पौडी खेल्न छोडेर खाल्डो खनेर पौडी खेल्न गएको संज्ञा समेत दिएका थिए। 'यत्रो महासागर जत्रो पार्टी छ। पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन्,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell