PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

'चेहरा' भन्दा अघि पनि अमिताभले गरेका थिए नि:शुल्क काम



पहिलोपोस्ट

'चेहरा' भन्दा अघि पनि अमिताभले गरेका थिए नि:शुल्क काम

अभिनेता अमिताभ बच्चन फिल्म चेहराको स्क्रिप्ट पढेपछि यति प्रभावित भए कि उनले तत्कालै फिल्ममा नि:शुल्क काम गर्ने घोषणामात्र गरेनन्, फिल्मका लागि पोल्यान्ड जाँदाको खर्च समेत आफैँ बेहोरे। फिल्म निर्माता आनन्द पण्डितले हालै करको प्रयोजनका लागि फिल्ममा उनको 'फ्रेन्डली अपेरियन्स' शीर्षकमा बिलिङ गरिएको छ।

अमिताभ बच्चनले कुनै फिल्ममा नि:शुल्क काम गरेको यो पहिलो पटक भने होइन। अमिताभले सञ्जय लीला भन्सालीको बहुचर्चित फिल्म 'ब्ल्याक'मा अभिनय गर्दा पारिश्रमिक लिएका थिएनन्। निर्देशक भन्सालीसँग काम गर्न उनी यति उत्साहित थिए कि उनले त्यसमा पैसाको अर्थ देखेनन्। एउटा बहिरा युवती (रानी मुखर्जी)को गुरुको भूमिकामा देखिएका अमिताभका लागि नि:शुल्क कामको गजबको फल भने मिलेको थियो। उनले फिल्म 'ब्ल्याक'बाट नेशनल अवार्ड पाउन सके। 

'उनले गरेका कामहरु हेरर म केवल सञ्जयसँग काम गर्न चाहन्थेँ, जब अवसर मिल्यो त्यो अत्यन्तै सुखद् थियो। फिल्मका लागि मैले कुनै तलब लिइन यस्तो गजबको काममा जोडिनु पारिश्रमिक पाउनुभन्दा बढी थियो,' सन् २०१७ मा फिल्म ब्ल्याक निर्माण भएको १२ वर्ष पूरा भएको सन्दर्भमा उनले ब्लगमा लेखेका थिए - 'जब प्रिमियर भयो र हामी सबै फिल्म हेर्दै थियौं, ममा हर्षका आँशुमात्र प्रवाह भएको थियो र दिलिप साहव दर्शकका रुपमा हुनुहुन्थ्यो जुन मेरो बालककालको समपना थियो। जब फिल्म सकियो उहाँ हल बाहिर उभिनुभयो, मेरो हात समात्नु भयो र मेरो आँखामा हेरिरहनु भयो। मैले जीवनमा पाउनका लागि यो सबैभन्दा ठूलो कुरा थियो।' 

फिल्म ब्ल्याक समीक्षकहरुबिच चर्चित फिल्म बन्यो। त्यसपछि भन्सालीले गुजारिश, गोलियोका राशलिला रामलिला, बाजिराओ मस्तानी र पद्मावत जस्ता फिल्महरु बनाए। उनको आगामी फिल्म हो गंगुबाई काथिवाला जसमा लिड रोलमा छिन् आलिया भट्ट।

(हिन्दुस्तान टाइम्सबाट भावानुवादित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell