PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित



पहिलोपोस्ट

आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले आर्सनलमाथि ५-० को फराकिलो जित निकालेको हो।

खेलको ७ औं मिनेटमै गाब्रियल जिससको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै १२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। अर्कोतर्फ यो सिजन खराब सुरुवात गरेको आर्सनल आजको खेलमा हाफटाइम अघि नै १० खेलाडीमा समेटियो। खेलको ३५ औं मिनेटमा खराब ट्याकल गरेपछि ग्रानिथ साका रेड कार्ड खाँदै बाहिरिए। त्यसको ८ मिनेट नबित्दै सिटीले अर्को गोल थप्यो। खेलको ४३ औं मिनेटमा ग्रिलिसको पासमा गाब्रियल जिससले गोल गर्दा पहिलो हाफमा सिटी ३-० ले अघि रह्यो।

दोस्रो हाफमा सिटीले दुई गोल थप्यो। खेलको ५३ औं मिनेटमा रोड्री र ८४ औं मिनेटमा टोरेसले गोल गर्दा सिटीले ५-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै सिटीले जारी सिजन तीन खेलमध्ये दुईवटमा जित निकाल्दै ६ अंक जोडेको छ भने आर्सनल यो सिजनको तीनवटै खेलमा पराजितहुँदै अंकविहीन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell