PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बराबरीमा रोकिए चेल्सी र लिभरपुल



पहिलोपोस्ट

बराबरीमा रोकिए चेल्सी र लिभरपुल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। एनफिल्डमा गएराति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको चेल्सीले घरेलु टोली लिभरपुललाई १-१ को बराबरीमा रोकेको हो।

खेलको २२ औं मिनेटमा काइ हार्भटेजको गोलमा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा चेल्सीका रिस जेम्सले बल बचाउने क्रममा हातले छोएपछि रेडकार्ड कार्डखाँदै बाहिरिएका थिए भने लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो। जसको सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा दुबै टिमले गोल थप्न नसक्दा खेल १-१ को बराबरीमै टुंगियो।

गएराति नै सम्पन्न अन्य खेलहरुमा वेस्टहम र क्रिस्टल प्यालेस २-२ को बराबरीमा रोकिँदा लेस्टरले नर्विच सिटीलाई २-१ गोलअन्तरले हरायो। त्यस्तै एभर्टनले ब्राइटनलाई २-० ले हराउँदा न्युक्यासल र साउथह्याम्टन २-२ को बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell