PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

रियल मड्रिडको संघर्षपूर्ण जित
Photo: Reuters

काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेनिटो भिल्लामारिनमा सम्पन्न खेल मड्रिडले घरेलु टोलीमाथि १-० को जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा डेनी कार्भाजलले मड्रिडका लागि निर्णयाक गोल गरे। उनले खेलको ६१ औं मिनेटमा करिम बेञ्जेमाको पासमा गोल गरेका थिए।

गएराति नै सम्पन्न अन्य खेलहरुमा एथ्लेटिको बिल्बाओले सेल्टाभिगोमाथि २-० को जित निकाल्दा सेभिया र एल्चे १-१ को बराबरीमा रोकिएका थिए। त्यस्तै रियल सोसिडाडले लेभान्टेमाथि १-० को जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell