PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

पार्टी फुट्दा जसपालाई फाइदा भएको उपेन्द्रको भनाई, 'महन्थ ठाकुर केपी ओलीभन्दा बढी मधेश विरोधी'



राधेश्याम पटेल

पार्टी फुट्दा जसपालाई फाइदा भएको उपेन्द्रको भनाई, 'महन्थ ठाकुर केपी ओलीभन्दा बढी मधेश विरोधी'
फोटो : रासस

वीरगंज : जनता समावादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजावादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अवसरवादी नेता भएको बताएका छन्। जसपा टुक्रिएपछि महन्थ पक्षका नेताहरुको विषयमा भन्डाफोर गर्न जसपाले थालेको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रममा शनिवरा यादवले यस्तो बताएका हुन्।

यादवले पार्टी छोडेर अर्को दल बनाउँदा जसपालाई खासै असर नपर्ने र जसपाको लागि शुद्धीकरण भएको दाबीसमेत गरे। ‘महन्थ ठाकुर अवसरवादी नेता हुन्, यो पछिल्लो राजनीतिक अवस्थाले पुष्टि पनि भइसकेको छ,’ उनले भने, ‘पार्टीलाई अगामी दिनमा फाइदा भएको छ, २० प्रतिशत नेतामात्र अर्को दल खोल्दा जसपासँग ८० प्रतिशत पदाधिकारी छन्।’ मधेश विद्रोहको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने केपी ओलीको षड्यन्त्रमा ठाकुरले सघाएको उनले आरोप लगाए।

जसपाका नेता महेन्द्रराय यादवले केपी ओली पूर्वराजा ज्ञानेन्द्र र महेन्द्रको जस्तै तानाशाह र निरकुंशताको मार्गमा हिँडेको आरोप लगाए। उनले ओली कम र महन्थ ठाकुर बढी मधेस विरोधी नेता भएको विश्लेषण गरे। ‘केपी ओली निरंकुश नेता भएको जनताले थाहा भइसक्यो, राजा ज्ञानेन्द्र र महेन्द्रभन्दा बढि खतरनाक छन्, मधेसको विरोधी नेताको रुपमा चिनिन्छन्,’ उनले भने, ‘तर म त भन्छु, केपी ओलीभन्दा बढि मधेस विरोधी नेता कोही छन् भने त्यो महन्थ ठाकुर हुन्, पद र अवसर मिल्यो भने जसलाई पनि छोडेर हिड्न सक्नु हुन्छ।’

नेतृ रेणु यादवले महन्थ र उनको दलमा रहेका नेताहरुलाई नट्वरलालको संज्ञा दिइन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि जसपा छाडेर नयाँ पार्टी बनाएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुर मधेश विरोधी रहेको आरोप लगाए। जसपामा रहँदैका बखत ठाकुर समूहले मन्त्री पदका लागि मात्रै केपी ओलीको सरकारमा सहभागी भएर व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्न खोजेको उनको आरोप थियो।

शुक्रवार जनकपुरमा आयोजित अभिमुखिकरण कार्यक्रम शनिवार वीरगंजको नगरसभा गृहमा सम्पन्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell