सुर्खेत : वीरेन्द्रनगर–५ चिसापानीकी देउकली थापा एक दशकअघिसम्म घरको कामकाजमै सीमित थिइन्। छोराछोरीलाई खुवाउने, चुठाउने र स्कुल पठाउने अर्थात गृहणीको काममा उनको दिन बित्थ्यो। बचेको समय दुई चारजना छिमेकीसँग अरुको कुरा काटेरै बित्थ्यो। यता घरव्यवहार चलाउन भने मुश्किल। न होस् पनि कसरी, न पेशा व्यवसाय थियो, न जागिर नै।
१३ वर्षअघिको कुरा - गाउँकै छिमेकी दिदीले ढाका बुन्ने तालिमको अवसर दिलाएपछि भने बदलियो उनको दैनिकी।
अचेल देउकली घर नजिकै रहेको ढाका उद्योगमा भेटिन्छिन् - तर दिनभरी व्यस्त।
‘त्यो बेला ढाका भनेको थाहै थिएन, देखेको पनि थिइनँ। सुनेको मात्रै’ देउकली भन्छिन्, ‘पहिले खाली बसेर त्यसै अरुको कुरा काटेर दिन बित्थ्यो, अहिले तालिम लिएपछि घरमा आफैँ कपडा बुन्छु र ठाउँठाउँ तालिम दिन बोलाउनुहुन्छ। जान कहिले भ्याइन्छ, कहिले भ्याइन्नँ।’
हामी पुग्दा वीरेन्द्रनगरस्थित लालिगुराँस बहुउद्देश्य सहकारी संस्थाले सञ्चालन गरेको ढाका उद्योगमा प्रशिक्षणमा व्यस्त थिइन् उनी। भर्खर सिक्दै गरेका प्रशिक्षार्थीहरु तानमा तल्लिन थिए। उनी घरी यता पुग्थिन्, घरी उता।
 सामान्य परिवारकी देउकलीले ढाका बुन्ने तालिम लिएर काम गर्न थालेको १३ वर्ष बित्यो भने, सिकाउन लागेको करब ११ वर्ष। हिजोआज उनले पहिलेको जस्तो महिला दिदिबहिनीहरुसँग गफ गर्ने फुर्सद छैन्।
सामान्य परिवारकी देउकलीले ढाका बुन्ने तालिम लिएर काम गर्न थालेको १३ वर्ष बित्यो भने, सिकाउन लागेको करब ११ वर्ष। हिजोआज उनले पहिलेको जस्तो महिला दिदिबहिनीहरुसँग गफ गर्ने फुर्सद छैन्।
‘तालिम लिएको १३ वर्ष भइसक्यो, अहिले सिकाउन लागेको मात्रै ११ वर्ष भयो’ उनी भन्छिन्, ‘आजभोलि दिदिबहिनीहरुसँग गफ गर्ने फुर्सद पनि हुदैँन।’
घरमै पनि दुई वटा तान लगाएकी छिन् उनले। उद्योगमा बिदा हुँदा र प्रशिक्षणमा जानु नपर्दा घरकै तानमा व्यस्त हुन्छिन् उनी। अहिले उनको मुख्य पेशा र घरव्यवहार चलाउने माध्यम बनेको छ ढाका बुनाई।
सुर्खेतमा ढाका बुनाई प्रशिक्षकका रुपमा कहलिएकी छिन् देउकली। त्यसो त अन्य जिल्लाहरुमा समेत सिकाउन पुग्छिन् उनी।
श्रीमानको एक्लो कमाईले छोराछोरी लालनपालन गर्न र पढाउन मुश्किल भएपछि तालिमा लागेको बताउँछिन् उनी। अहिले दुई चार सय भए पनि राम्रै आम्दानी गरेपछि श्रीमान् नै दंग परेको उनी सुनाउँछिन्।
 ‘श्रीमानले नगर भन्दा पनि सिकें, खाली बस्न मनले मानेन, त्यत्तिकै खाली बसेर समय फाल्नुभन्दा, अरुको कुरा काटेर बस्नुभन्दा व्यस्त पनि भइने, अर्कोतिर दुई चार रुपैयाँ पनि कमाई हुने भनेर तालिम लिएँ,’ उनी भन्छिन्,‘अहिले श्रीमानको भन्दा कमाई बढी हुन्छ, श्रीमान् दंग पर्नुहुन्छ।’

अहिले देउकली मासिक १८ हजारभन्दा बढी कमाई गर्छिन्। यो तालिम दिएबाहेकको आम्दानी। उनले घरमै राखेको दुई वटा तानमा बुनेका कपडा बेचेर आम्दानी गरेकी हुन्। प्रशिक्षणमा निस्कँदा मासिक ६०/७० हजारसम्म कमाएको अनुभव छ उनीसँग।
‘घरमा दुई वटा तानमै कपडा बुन्छु, कच्चा पदार्थ कटाएर १८-२० हजार बचत हुन्छ,’ देउकली भन्छिन्, ‘तालिम पर्यो भने त मासिक ६०/७० हजार पनि हुन्छ।’
श्रीमानको कमाईले घरखर्च टारेर आफ्नो कमाईले वीरेन्द्रनगरमा घडेरी किनेर घर बनाइसकेकी छन् उनले।
‘श्रीमानको कमाईले घरखर्च र छोराछोरी पढाउन ठीक्क भयो,’ उनले भनिन्, ‘मेरो कमाई वचत गरेर ५ मिटर घडेरी किनेर अहिले घर बनाएका छौँ।’
 हरेक चिज महंगिदै गएकाले अहिले घरमा झण्डै करोडको लगानी पुग्न थालेको र अझै घरको काम बाँकी रहेको बताइन्। अहिले घरजग्गा बेचे पनि झण्डै दुई करोड पर्ने उनको अनुमान छ।
हरेक चिज महंगिदै गएकाले अहिले घरमा झण्डै करोडको लगानी पुग्न थालेको र अझै घरको काम बाँकी रहेको बताइन्। अहिले घरजग्गा बेचे पनि झण्डै दुई करोड पर्ने उनको अनुमान छ।
आफूले विभिन्न जिल्ला र स्थानमा गरेर सयभन्दा बढी आफूजस्तै प्रशिक्षक उत्पादन भएको र कतिपयले व्यवसाय नै गरेको उनले बताइन्।
‘आफैले सिकाएका दिदिबहिनीहरु अहिले पेशा व्यवसाय गरेर बस्नुभएको छ, कतिपय दिदिबहिनीहरु तालिम दिदैँ हिड्नुहुन्छ’ उनी भन्छिन्, ‘तपाईले बाटो देखाईदिएर अहिले पेशा व्यवसाय गर्ने भएका छौँ, भन्नुहुन्छ, त्यसैमा खुशी लाग्छ।’
कतिपयले ढाका बुन्ने सिक्नेक्रमै छोड्ने गरेको उनी सुनाउँछिन्। ‘एकदमै झिजो लाग्दो पेशा हो’ उनी भन्छिन्, ‘कतिपयले सिक्दासिक्दै वीचमै छोड्नुहुन्छ, धेरैले छोडेका छन्।’
 आफू यो पेशा प्रति सन्तुष्ट रहेको भन्दै शारीरिक क्षमताले सक्नेबेलासम्म ढाका बुन्ने र सिकाउने पेशा नछोड्ने उनले सुनाइन्।
आफू यो पेशा प्रति सन्तुष्ट रहेको भन्दै शारीरिक क्षमताले सक्नेबेलासम्म ढाका बुन्ने र सिकाउने पेशा नछोड्ने उनले सुनाइन्।