PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

बुटवलको ज्योतिनगरमा फेरि खस्यो पहिरो, १९ घर जोखिममा



पूजा पन्थी

बुटवलको ज्योतिनगरमा फेरि खस्यो पहिरो, १९ घर जोखिममा

बुटवल : अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर - ३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिमम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आए पछि भागेर ज्यान बचाएको बताए।

स्थानीयका अनुसार तीन घरमा पहिरो पसेको छ। पहिरो आएको चाडै थाह पाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। यही भदौं १० गते उक्त वस्तीमाथिको चुरेमा पहिरो खस्दा स्थानीयहरू सावधानी अपनाउँदै आएका थिए।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन्। पहिरोले बुटवलको गोल पार्कदेखि लक्ष्मीनगर जाने रिङरोडमा ठूलो क्षति पुगेको छ। बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो खसेको छ। सोही ठाउँमा २०५५ सालमा पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell