PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

घरमा कोकिन फेला परेपछि बलिउड अभिनेता अरमान कोहली पक्राउ



पहिलोपोस्ट

घरमा कोकिन फेला परेपछि बलिउड अभिनेता अरमान कोहली पक्राउ

बलिउड अभिनेता अरमान कोहली पक्राउ परेका छन्। नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले उनलाई ड्रग्सको प्रयोग र कारोवारमा संलग्न रहेको आरोपमा पकाउ गरेको हो।

शनिबार साँझ एनसीबीले मुम्बईको अधेरी स्थित अरमान कोहलीको घरमा छापा मारेको थियो। त्यसक्रममा उनको घरबाट थोरै मात्रामा कोकिन फेला परेको थियो।

अरमान कोहलीका साथै ड्रक्स कारोवारी राजु सिंहलाई समेत पकाउ गरिएको छ। उनलाई आज थप कारवाहीका लागि अदालतमा पशे गरिनेछ।

अरमान 'बिग बोस' का पूर्व प्रतिस्पर्धी हुन्। उनले 'जानी दुश्मन' र 'प्रेम रतन धन पायो' लगायत फिल्महरुमा अभिनय गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell