PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

माधव नेपाल संसदीय दलको नेता चयन, सरकारमा चाँडै सहभागी हुने



पहिलोपोस्ट

माधव नेपाल संसदीय दलको नेता चयन, सरकारमा चाँडै सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसदमा बसेको संसदीय दलको बैठकले नेता नेपाललाई संसदीय दलको नेता चयन गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। एकीकृत समाजवादीसँग हाल ३० सांसद छन्। संघीय संसदमा यो चौथो ठूलो दल हो। 

नेता नेपालले अब संसदीय दलको प्रमुख सचेतक र सचेतक तोक्ने छन्।

यस्तै, नेपाल नेतृत्वको समाजवादी पार्टी छिट्टै सरकारमा सहभागी हुने तयारी छ। सत्ता गठबन्धनका नेताहरुले नेपाल पक्षलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेका थिए।

नेकपा एमालेबाट छुट्टिएर नेपालले नयाँ दल दर्ता गरेपछि सरकारमा जाने तीब्र तयारी भएको हो। एक दुई दिन भित्रै सरकारले पूर्णता पाउने गठबन्धनका नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell