काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतवार संसदीय दलको बैठक पछि प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको बताएका हुन्।
‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन। विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिरहेको छ। सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ। कसैको महाधिवेशन छ। कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ। कोही पार्टी बिस्तारको क्रममा जुट्नुभएको छ। यो सबै कारणले गर्दा स्थिति बनेको हो। अब छिट्टै यसको पनि निराकरण हुनेछ। अब छिटो भन्दा छिटो हुन्छ।’
