PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

सप्तकोशीमा यस वर्षकै उच्च बहाव



पहिलोपोस्ट

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

काठमाडौं : सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो।

पछिल्लो मापन अनुसार सप्तकोशीको बहाव २ लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ।

यसैबिच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै नै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ। नदीको बहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रको निरिक्षणमा निस्केको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell