PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

वर्षाका कारण बढ्दै धनजनको क्षतिः हालसम्म ९ जनाको मृत्यु, चार जना बेपत्ता



पहिलोपोस्ट

वर्षाका कारण बढ्दै धनजनको क्षतिः हालसम्म ९ जनाको मृत्यु, चार जना बेपत्ता
फाइल फोटो

काठमाडौँः विगत तीन दिनदेखि परेको पानीले मुलुकका विभिन्न भूभागमा जनधनको क्षति बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा ९ जनाको मृत्यु, चार जना बेपत्ता र ५ जना घाइते भएका छन्। विपदका घटनामा परेर ४२ घर पूर्ण क्षति भएका छन्। ७५६ जनालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म पानी पर्ने सम्भावना छ। 

विपदबाट ९० हजार जनसंख्या प्रभावित भएको प्राधिकरणले जनाएको छ। हालसम्म चार हजार ५०० सय घर डुबानमा परेको अनुमान प्राधिरकरणको छ। 

विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि अनुसार अस्थायी आवास निर्माण कार्यविधि अनुसार ५० हजार तत्काल उपलब्ध गराउने निर्णय पनि प्राधिकरणले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell