PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

मेस्सीले डेब्यु गरेको खेलमा एम्बाप्पे चम्किँदा पीएसजीको जित



पहिलोपोस्ट

मेस्सीले डेब्यु गरेको खेलमा एम्बाप्पे चम्किँदा पीएसजीको जित
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका लियोनल मेस्सीले रेइम्सविरुद्धको खेलमा डेब्यु गरेका छन्। उनले खेलको ६६ औं मिनेटमा सब्टिट्युटका रुपमा पीएसजीमा डेब्यु गरेका हुन्। उनले ३० नम्बरको जर्सीमा नेइमारलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए। खेलमा पीएसजीले २-० को जित निकालेको थियो।

रेइम्सको घरेलु मैदानमा सम्पन्न खेलमा पीएसजीलाई जिताउन किलियन एम्बाप्पे नायक बनेका थिए। खेलको १६ औं मिनेटमा एन्जेल डी मारियाको पासमा गोल एम्बाप्पेले गोल गर्दा पहिलो हाफमा पीएसजी एक गोलले अघि रह्यो। दोस्रो हाफमा पनि उनले अर्को गोल थपे। खेलको ६३ औं मिनेटमा एचरफ हकिमीको पासमा उनले गोल गरेका थिए।

जारी सिजन पीएसजीको यो लगातार चौथो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell