PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सत्ता गठबन्धनको बैठक निर्णय विहीन, सरकार विस्तारबारे अझै अन्योल



पहिलोपोस्ट

सत्ता गठबन्धनको बैठक निर्णय विहीन, सरकार विस्तारबारे अझै अन्योल

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमवारको बैठक पनि निर्णय विहीन भएको छ। सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्ष विहीन भएको हो।

देउवाका स्वकीय सचिव भानु देउवाले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए। 'फेरि बैठक बस्ने गरी सहमति भयो। कुनै ठोस् निर्णय भएन,' उनले भने। अर्को बैठक बस्ने सहमति भएको भए पनि मिति भने तय हुन सकेन।

चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकारका कामलाई चुस्त बनाउनेबारे गठबन्धनमा सामेल नेताहरु प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले सरकार विस्तार बारे छलफल गरेका हुन्।

सरकार गठनको डेढ महिनासम्म पनि गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन्। मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदै आएको छ। हाल देउवा नेतृत्व सरकार ६ सदस्यीयमात्रै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell