PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

कृष्ण मन्दिर बन्द : बाहिर राधाकृष्णको मूर्तिको पूजा गर्न भक्तजनको घुइँचो

कृष्ण मन्दिर बन्द : बाहिर राधाकृष्णको मूर्तिको पूजा गर्न भक्तजनको घुइँचो

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्।

पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। तर, कोरोना भाइरस संक्रमण त्रासका कारण आज कृष्ण मन्दिरको ढोका सर्वसाधारणका लागि बन्द गरिएको छ। यद्यपि, मन्दिर बाहिरै पुगेर भएपनि पूजा गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ। पूजा गर्न पुग्ने अधिकांशले मास्क लगाएपनि भौतिक दुरी भने पालना भएको थिएन।

मन्दिर बाहिर राधाकृष्णको मूर्ति राखिएको छ। भक्तजनहरुले त्यही मूर्तिमा पूजा गरिरहेका छन्। मन्दिरमा रहेको कृष्णसहित रुक्मिणी र सत्यभामात्यो मूर्ति बाहिर ल्याउन मिल्दैन। हाल पूजाका लागि राखिएको राधकृष्णाको मूर्ति भने भूकम्पपछि मात्रै पाटन मन्दिरमा प्रवेश गरेको हो।

सम्बन्धित समाचार : पाटनको कृष्ण मन्दिरबारे रोचक तथ्य : बनाइएको थियो शिवको मूर्ति राख्न

भूकम्पले गरायो राधालाई पाटनको कृष्ण मन्दिरमा प्रवेश

सरकारले आज कृष्णजन्माष्टमीको उपलक्ष्यमा देशभर सार्वजनिक विदा दिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell