PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वेब सिरिज ‘कृया पुत्री’ को छायाङ्कन आजबाट सुरू



पहिलोपोस्ट

वेब सिरिज ‘कृया पुत्री’ को छायाङ्कन आजबाट सुरू

काठमाडौं: निर्देशक बाबु बलामीले नयाँ वेब सिरिज ‘कृया पुत्री’ बनाउने भएका छन्। सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै सिरिजको छायाङ्कन सुरु भएको छ।

शिवानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ।

आमाबाबुको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र क्रियाकर्म गर्न नसक्ने वर्गलाई कसरी सहयोग गर्छिन् भन्ने कुरा यस सिरिजमा रहेको निर्देशक बलामीले बताए।

पारस कुँवरको लेखन रहेको यस वेब सिरिजमा शिवानी बलामी, रवीराज आचार्य र बद्री शाहको लगानी रहेको छ। सिरिजमा जीवन श्रेष्ठको छायाङ्कन रहेको छ भने सौखिन तिमिल्सिनाको सम्पादन छ। तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell