PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नाम 'म राजेश हमाल' तर फिल्ममा राजेश नै देखिने सम्भावना कति?



पहिलोपोस्ट

नाम 'म राजेश हमाल' तर फिल्ममा राजेश नै देखिने सम्भावना कति?

काठमाडौं : अभिनेता राजेश हमालको सम्मानमा फिल्म 'म राजेश हमाल' बन्ने भएको छ। राजेशकै नामबाट फिल्म बन्ने भएपछि राजेश फिल्ममा देखिन्छन् वा देखिदैनन् भन्ने चासो पनि फिल्म क्षेत्रमा बढेको छ।

राजेशको योगदानलाई सम्मान गर्ने गरी फिल्म बनाउन लागेको यस फिल्मका निर्माता केदार भुसालले जानकारी दिए।

'यस फिल्मको नामको लागि उहाँबाट लिखित स्विकृति पाइसकेका छौँ। समयका कारण उहाँले यो फिल्ममा काम गर्न समस्या भइरहेको छ। उहाँको यस फिल्ममा देखिने सम्भावना कम छ। तर अझै पनि हामी प्रयास चाँहि गरिरहेका छौँ' उनले पहिलोपोस्टसँगको कुराकानीमा बताए।

यो फिल्म राजेश हमालको जीवनबाट प्रेरित भएता पनि उनको बायोपिक नभएको समेत उनले खुलाए।

हमाल गत बर्ष नै फिल्म ‘सत्यम्’मा अनुबन्धित भइसकेका छन्। फिल्मको मुख्य भूमिकामा देखिन लागेपछि हमालले अन्य फिल्ममा काम गर्न अस्वीकार गरेका हुन्।

'म राजेश हमाल'मा आर्यन सिक्देल केमियो रोलमा देखिने भएका छन्। साथै सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली र अस्मिता लामिछाने लगायतका कलाकारहरू पनि फिल्ममा देखिनेछन्।

फिल्मको निर्देशन भने जोन योञ्जनको रुपमा परिचित विक्रम लामाले गर्नेछन्। उनले यसअघि ‘१२ सत्ताइस’ को निर्देशन समेत गरेका थिए।

१० वर्षअघि पनि राजेश हमालको नाम सापट लिएर फिल्म ‘मेरो राजेश दाइ’ बनेको थियो। जसमा राजेश हमाल नै मुख्य भुमिकामा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell