PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काठमाडौंका मेयरलाई फोहोर नै उपहार ! बागदरबार अगाडि सडकमै मिल्काइदिए

काठमाडौंका मेयरलाई फोहोर नै उपहार ! बागदरबार अगाडि सडकमै मिल्काइदिए

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकामा लामो समयदेखि फोहोर नउठाएको भन्दै युथ कांग्रेस नेपालले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार पठाएको छ।

आज दिउँसो  केही युवाहरु फोहोर लिएर महानगरपालिको कार्यालय बागदरबार पुगेका थिए। आज सार्वजनिक बिदा भएका कारण कार्यालयमा मेयर शाक्य भने उपस्थित थिएनन्। उनीहरुले सँगै फोहोर पनि बोकेका थिए। महानगरको मुख्यालय गेटमा पुगे लगतै उनीहरुलाई प्रहरीले रोकेको थियो। त्यसपछि गेट बन्द गरियो।

'महानगरले कर चाहिँ बाजा बजाएर उठाउन आउने। तर घर अगाडि थुप्रिएको फोहोर चाहिँ नदेख्ने? त्यसैले सांकेतिक विरोध गरेका हौं,' युथ कांग्रेसका केन्द्रीय सदस्य मनोज पुरीले भने।

उनीहरुले त्यसपछि फोहोर गेट बाहिर र भित्रै फ्याँकेर फर्किएका थिए। फोहोरसँगै 'मेयरलाई फोहोर उपहार' लेखिएको व्यानर समेत राखेका थिए।

विभिन्न माग राखेर नुवाकोटको सिसडोलमा स्थानीयले विरोध गरेपछि सातादेखि काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन। फोहोर नउठ्दा काठमाडौंका चोक चोकमा फोहोरो डङ्गुर देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell