PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमाले दक्षिणपन्थी दिशामा भासिएर गुटवादको नमुना बन्नेछ : माधव नेपाल



पहिलोपोस्ट

एमाले दक्षिणपन्थी दिशामा भासिएर गुटवादको नमुना बन्नेछ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी दिशामा भासिने टिप्पणी गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतबाट उपचार गरेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो टिप्पणी गरेका हुन्। खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर सोमावार स्वदेश फर्किएका हुन्।

एमाले दक्षिणपन्थी भासमा भासिएर गुटवादको नमुना हुने नेपालले दाबी गरेका छन्। 

नेपालले नयाँ पार्टीमार्फत नयाँ यात्रा सुरु गरेको बताउँदै कम्युनिष्ट आन्दोलनमा समस्या देखा पर्दा एकीकृत समाजवादी पार्टी बनाउनु परेको स्पष्टीकरण दिए।  

'नेकपा एमाले दक्षिणपन्थी दिशामा भासिएर गुटवादको नमुना हुने भयो। यो नयाँ समस्य होइन। २०२४ सालमा पनि समस्या देखिएको थियो। पार्टीको समस्या समाधान हुने नदेखिएपछि हामी नयाँ पार्टी निर्माणको निर्णमा पुग्यौँ,' उनले भने।

ओलीले तत्कालीन नेकपाको विभाजन आफ्नो कुर्सी जोगाउनका गरेको र सर्वोच्चका फैसलापछि एमाले विभाजन गरेर फरक विचारका लागि ढोका बन्द गरेको आरोप नेपालले लगाएका छन्।

'उहाँको नाटकको कोही पनि नफस्ने अवस्था देखियो। हामीले उहाँको नाटकको वास्ता गरेनौं। हामीले देशको संविधानलाई जोगाउनका लागि नयाँ दिशाबाट अघि बढाउनका लागि सबैलाई गोलबन्दी गर्‍यौं,' नेता नेपालले भने।

अब जिल्ला जिल्लामा २२ गते सम्म जनप्रतिनिधिले आफू नेतृतको पार्टी रोज्ने उनको भनाई छ। त्यसपछि उनले आफ्नो दल राष्ट्रिय भूमिकामा देखिने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell