PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कोरोना संक्रमणदर घट्दो : १६ हजार नमुना परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा पोजेटिभ, १६ जनाको मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमणदर घट्दो : १६ हजार नमुना परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा पोजेटिभ, १६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण भएको छ।

१६ हजार २ सय २३ जनामा परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो। जसमा ११ हजार ८ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ३ सय ४१ जनामा पोजेटिभ देखिएको थियो। त्यस्तै, सोही अवधिका १ हजार ८ सय ८ जना संक्रमण मुक्त भएका छन्। परीक्षको आधारमा संक्रमितको सङख्या १४ प्रतिशत हो। यसअघि २० देखि २५ प्रतिशतमा परीक्षणको आधारमा संक्रमित फेला परेका थिए।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ३५ हजार ८ सय ७४ रहेको छ।

त्यसैगरी २४ घण्टाको अवधिमा संक्रमण भएका १६ जनाको मृत्यु भएको छ। योसँगै देशभर संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ३० पुगेको छ।

गएको तीन दिनमा देशभर ५ लाख ९७ हजार ५ सय ९८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell