काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सडक विभाग महानिर्देशकलाई फोन गरी सिसडोल सडक तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। सिसडोलको सडक निर्माण नहुँदा काठमाडौंबाट गएका फोहरका ट्रकले फोहर डम्प गर्न सकेका छैनन्। साथै, काठमाडौं महानगरभित्र पनि फोहर उठ्न सकेको छैन।
काठमाडौं महानगरपालिकामा फोहर नउठेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्यको आलोचना भइरहेको छ। यसबिच आज शाक्यले प्रधानमन्त्री देउवालाई भेटेर सडक अवरुद्ध हुँद फोहर उठ्न नसकेको जानकारी दिएका थिए। महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित देउवालाई भेट्न पुगेका शाक्यले प्रधानमन्त्रीलाई बञ्चरे डाँडा ल्याण्डफिल साइड निर्माण छिटो सम्पन्न गराउन पहल गर्न ध्यानाकर्षण गराएका थिए।
सिसडोल सडक बिग्रँदा काठमाडौं महानगरभित्र विगत एक महिनाभन्दा बढी समय देखि फोहर उठ्न सकेको छैन।
सम्बन्धित समाचार : शहरको सफाइसँग जोडिएको गाउँको कथा : एउटा त्यस्तो मृत्यु जसले उठाउन रोक्यो सडक छेउको फोहर