PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’



पहिलोपोस्ट

नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’
Photo: Indian Football Team/Twitter

काठमाडौं : नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली नेपाल आइपुगेको छ। सेप्टेम्बर २ र ५ मा हुने नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आज भारतीय टोली नेपाल आइपुगेको हो।

कोलकतामा प्रशिक्षण र अभ्यास खेल खेलेको भारतीय टोली नेपाल आएको हो।

‘कोलकताको प्रशिक्षणले टिममा एउटा सेप बनाउन र खास गरी टेक्निकल पक्षमा उपलब्धिमुलक रह्यो,’ भारतीय टोलीका मिडफिल्डर प्रणय हल्दरले भने।

त्यस्तै, भारतीय टोलीका अर्का सदस्य अनिरुद्र थापाले एएफसी एसियन कपको तयारीका लागि यो खेल महत्वपूर्ण हुने भन्दै नेपाललाई हल्का रुपमा लिनु नहुने बताए।

‘हामी अहिले चीनमा हुने एएफसी एसियन कप क्वालिफाइङलाई सोचिरहेका छौँ। नेपालसँगको मैत्रीपूर्ण खेल हाम्रो लक्ष्य प्राप्तिको बाटोमा सुरुवात हुनेछ’, थापाले भने, ‘हामी कुनै पनि पोजिसनमा नेपाललाई हल्का रुपमा लिने अवस्थामा छैनौँ। दुवै खेलहरु केही इन्टेन्स हुनेछन्।’

भारतीय टोलीले तयारी स्वरुप कोलकतामा मोहम्मेडन क्लबसँग खेलेको थियो। भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले अगाडिका खेलका लागि सतर्क हुनुपर्ने बताएका थिए।

‘दश दिनको अभ्यास गरेर हामीले धेरै अपेक्षा राख्न सकिँदैन। खुट्टाहरु अझै भारी छन्, खेलाडीहरुलाई रिफ्रेस गराउन आवश्यक छ’, अभ्यास सकेपछि प्रशिक्षक स्टिमाकले भनेका थिए, ‘नेपालसँग हुन गइरहेको दुई खेलका लागि सतर्क हुन आवश्यक छ।’

को को छन् भारतीय टोलीमा?

गोलिकिपर: अरमिन्दर सिंह, धीरज सिंह मोइरंगदेम, गुरप्रीतसिंह संधु

डिफेन्डर: प्रीतम कोटल, चिनग्लेनसना सिंह कोन्सम, मंदार राव देसाइ, आकाश मिश्रा, राहुल वेके, सुभाषिश बेस, सेरिटन फर्नान्डेज

मिडफिल्डर: लालेंगमालिया, बिपिन सिंह, अनिरुद्ध्र थापा, सहल अब्दुल समद, ब्रेन्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांगजाम, जेकसन सिंह, प्रणय हलदर

फर्वार्डस्: मनभीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुक चौधरी

नेपाल र भारत हालसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा भारतले १३ खेल जित्दा नेपालले २ खेल जितेको छ। पछिल्लो पटक नेपालले सन् २०१३ मा भारतलाई हराएको थियो।

यता नेपाल पनि पोखरामा तयारी गरेको थियोे। भारतसँगको अभ्यास खेलपछि थप अभ्यासका लागि कतार जाने नेपाली टोलीको तयारी छ।

प्रशिक्षणमा रहेका नेपाली खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुस घलान, बिसाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ

पछिल्लो पटक सन् २०१५ मा नेपालले भारतसँगको खेल आयोजना गरेको थियो। दशरथ रंगशालामा सम्पन्न उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो।

फिफा वरीयतामा नेपाल १६८ औै स्थानमा छ भने भारत १०५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell