काठमाडौं : टेकुस्थित बाल्ट्रा कम्पनीको गोदाममा लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको छ। नेपाल प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको हो।
आगो नियन्त्रण गर्न ३ वटा दमकल र पानीको ट्यांकरसमेत प्रयोग गरिएको थियो। आगलागीबाट मानविय क्षति नभएको प्रहरीले बताएको छ।