PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘बादरी-३१३’ : तालिवानी सेनाको अत्याधुनिक युनिट जसले काबुल विमानस्थलसहित राष्ट्रपति भवनको सुरक्षा गर्दैछ



विधुर ढकाल

‘बादरी-३१३’ : तालिवानी सेनाको अत्याधुनिक युनिट जसले काबुल विमानस्थलसहित राष्ट्रपति भवनको सुरक्षा गर्दैछ

अफगानिस्तानमा पूर्ण रुपमा अमेरिकी सेनाको उपस्थिति सकिएको छ। यससँगै तालिवानले सोमवार मध्यरात हवाई फायर गर्दै खुसियाली मनायो। अफगानिस्तानमा पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको तालिवान समूहका लागि भने अफगानिस्तानको सत्ता सञ्चालन सजिलो भने हुने छैन।

काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पत्रकारसँग कुरा गर्दै तालिवानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले देश स्वतन्त्र र सार्वभौम भएको प्रतिक्रिया दिएका छन्। मंगलवार उनले ऐतिहासिक क्षण भएको भन्दै तालिवानको जित ‘हामी सबैको हो’ भन्ने प्रतिक्रिया दिए।

अमेरिकी सेना बाहिरिएसँगै तालिवान समर्थित बादरी लडाकुहरुले काबुलको अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएका छन्। तालिवानका उच्च अधिकारीहरु विमानस्थलको रनवेबाट जितको घोषणा गरे।

तालिवान अधिकारीहरुले बादरी-३१३ बटालियनका लडाकुहरुलाई निर्देशन दिँदै सुरक्षाको जिम्मेवारी सुम्पिएका हुन्। बादरी ३१३ बटालियन इस्लामिक इमिराट्स अफ अफगानिस्तान (तालिवान घोषित राष्ट्र)को सम्पन्न सैन्य युनिट हो। यो युनिट कहानी नेटवर्कसँग सम्बन्धित छ। यो युनिटलाई नेटवर्कले नै तालिम दिएको छ।

तालिवान शहर कब्जा गरेसँगै बादरी-३१३ बटालियनका लडाकुहरु अमेरिकी सेनाको पोशाक र हतियारसहित सडकमा गस्ती गर्ने गरेका देखिन्थे। यो समूहले विशेष गरी भीआईपी क्षेत्रको सुरक्षा प्रदान गर्दै आएको छ। काबुलको राष्ट्रपति निवास समेत यसैको नियन्त्रण र सुरक्षामा छ। 

बादरी-३१३ युनिट तालिवानले हालै मात्र सार्वजनिक गरेको हो। यसअघि तालिवान लडाकुहरु हतियार सहित सामान्य किसानी पोशाकमा देखिने गरेकोमा बादरी-३१३ युनिटका लडाकुहरु कम्ब्याट पोशाकमा हेलमेट, कमाण्‍डो स्टाइल बुलेट प्रफ ज्याकेट, नाइट भिजन गगल्स, अत्याधुनिक हतियारसहित देखिएका छन्।

बादरी ३१३ युनिटको नाम बादरको युद्धको सम्झनामा राखिएको बताइएको छ।

उक्त युद्ध मुस्लिमहरुले लडेको पहिलो युद्धको रुपमा लिइन्छ। जुन १३ मार्च ६२४ सीई (१७ रमदान, २ एएच)मा हालको साउदी अरेवियाको अल मादिन्हा प्रान्तको बादरमा लडिएको थियो। यो लडाइको कमाण्ड प्रोपेट मोहम्मदले गरेका थिए। यस युद्धको बारेमा कुरानमा पनि वर्णन गरिएको छ।

अफगानिस्तानका अधिकांश प्रान्त हुँदै राजधानी कब्जा गर्दै सरवाल कमिजमा एके-४७ बोकेका ‘किसान परिवर्तित लडाकु’को पहिचान बनाएका तालिवान लडाकु काबुल प्रवेश गरेसँगै तालिवानले नयाँ युनिट खडा गर्दै फरक रुप र पहिचान दिन प्रयास गरेको हो।

गत अगस्टमा भिडियो सार्वजनिक गर्दै तालिवानले बादरी-३१३ लाई राष्ट्रपति भवनसहित काबुलका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सुम्पिएको जनाएको थियो।

तालिवाल लडाकुको प्रमोशनका लागि सार्वजिनक गरिएको भिडियोमा अत्याधुनिक हतियारसहित देखिएका छन्। उनीहरुले यी हतियार कहाबाट प्राप्त गरे भन्ने नुखुले पनि अमेरिकी सेना तथा अफगानिस्तानको सरकारी सेनाले प्रयोग गर्ने अमेरिकी सेनाका हतियार हुन सक्ने बताइएको छ।

बादरी-३१३ युनिटका सेनाहरु कुनै विदेशी देशका सैनिकसँग फरक छुट्याउन सकिँदैन्। उनीहरु लडाकु जस्ता देखिँदैनन् र सरकारी सेनाबाट भिन्नता देखिँदैन।

जुलाई २८ मा इस्लामिक इमिराट्स अफ अफगानिस्तानको ट्विटर एकाउन्टबाट तालिम लिँदै गरेका सैन्य लडाकुहरुको तस्विर सार्वजनिक भएको थियो। बादरी आर्मीको ३१३ युनिटको परिचयसहित सार्वजनिक गरिएका तस्विरमा पनि उनीहरुले अत्याधुनिक हतियार तथा पोशाकहरु लगाएका देखिन्छ।

सोभियत-अफगान युद्धका भेट्रान जाइद हमिदले तालिवानहरु समय अनुरुप परिवर्तन भएको दी सनसँग बताएका छन्। ‘तालिवानले सार्वजनिक गरेको तस्विर हेर्दा उनीहरु एक कदम अगाडि बढेको देखिन्छ। जुन सोभियतसँग १९७८ र १९८९ मा लुटिएका हतियारबाट माथि उठेका छन्,’ उनले दी सनसँग भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell