PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

वाईसीएलको राष्ट्रिय भेलाले चयन गर्न सकेन अध्यक्षसहितका पदाधिकारी



पहिलोपोस्ट

वाईसीएलको राष्ट्रिय भेलाले चयन गर्न सकेन अध्यक्षसहितका पदाधिकारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको मंगलवार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ। केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीएलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए।

नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन। इन्चार्ज दिपशीखाका अनुसार वाईसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन।

गत शनिबारबाट सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए। तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell