PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

तालिवान 'सकारात्मक मनस्थिति' लिएर आएको भनेपछि अफ्रिदीको आलोचना



पहिलोपोस्ट

तालिवान 'सकारात्मक मनस्थिति' लिएर आएको भनेपछि अफ्रिदीको आलोचना
Getty Images

पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीले अफगानिस्तान नियन्त्रणमा लिएको तालिवान सकारात्मक मनस्थिति लिएर आएको बताएका छन्। पाकिस्तानले तालिवानको आगमनलाई सकारात्मक रुपमा लिइरहँदा पूर्व कप्तान अफ्रिदीले पनि उनीहरु सकारात्मक मनस्थिति लिएर आएको बताएका हुन्।

'तालिवान सकारात्मक माइन्डफ्रेम लिएर आएका छन्। सकरात्मक पक्षहरु पनि अघि देखिइरहेको छ,' आफ्रिदीले एउटा भिडियोमा भनेका छन्, 'तालिवानीले महिलाहरुलाई काम गर्न दिइरहेका छन्। राजनीतिमा जान अनुमती दिएका छन्। र मलाई लाग्छ तालिवानीलाई क्रिकेट मनपर्छ।'

उनको यो भनाइसँगै सामाजिक सञ्जालमा उनको आलोचना पनि त्यतिकै भइरहेको छ। एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले त उनलाई तालिवानको प्रधानमन्त्री नै बन्न सुझावसमेत दिएका छन्।

पाकिस्तानी टोलीका पूर्वकप्तान अफ्रीदी अर्को महिना काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउँदैछन्। जहाँ उनी सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंगबाट सहभागिता जनाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell