PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

बिहीवार र आइतवार हुने नेपाल भर्सेस भारतको फुटबल म्याच हेर्न रंगशाला जान पाउँलान् दर्शक?



पहिलोपोस्ट

बिहीवार र आइतवार हुने नेपाल भर्सेस भारतको फुटबल म्याच हेर्न रंगशाला जान पाउँलान् दर्शक?
फाइल फोटो

काठमाडौं: काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। यो समयमा २५ जना मानिस भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ। तर पर्सी ( बिहीवार) र आइतवार नेपाल र भारतबिचको मैत्रीपूर्ण फुटबल हुदैछ।

अब दुई दिन हुने खेलमा के दर्शकले रंगशाला नै पुगेर हेर्न पाउँछन् त ? कसरी दर्शकको व्यवस्थापन गरिदैछ?

रंगशाला नै पुगेर दर्शकलाई खेल हेर्न दिनकी नदिने भन्ने विषयमा अहिले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठक बसिरहेको छ।अखिल नेपाल फुटबल संघ एन्फाले दर्शक राखेर खेल गराउने प्रस्ताव गरेको छ।

'स्वास्थ्य मापदण्ड पालना गराएर दर्शकलाई रङ्गशालामा नै जान दिने गरी खेल गराउने कुरा भएको छ। सायद यस्तै हुन्छ होला। तर निर्णय गरिसकेका छैनौँ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

कोभिड महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रङ्गशालामा भएका थिए। यसअघि नेपाल सुपर लिग (एनएसएल) बन्द रङ्गशालामा भएको थियो भने त्यसअघि नेपाल, नेदरल्याण्डस र मलेसियाबिचको त्रिदेशीय क्रिकेट सिरिजका पछिल्ला खेलहरू पनि बन्द रङ्गशालामै सम्पन्न भएको थियो।

नेपाल र भारत दुवै साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीमा छन्। प्रतिस्पर्धाका लागि भारतीय टोली सोमवार नेपाल आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell