PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एभरेस्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने



पहिलोपोस्ट

एभरेस्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पाउने भएका छन्। ईपीएलले आज सामाजिक सञ्जालमार्फत २०२१ को सिजनको विजेताले ५० लाख रुपैयाँ पाउने जनाएको हो।

त्यस्तै उपविजेता टोलीले १५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने छ। प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स ११, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन्।

पछिल्लो समय फ्रेन्चाइजी टोलीहरु एकपछि अर्का उत्कृष्ट खेलाडी टिममा भित्र्याउने होडमा छन्। जसमा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीदेखि टेस्ट रास्ट्रका पूर्वकप्तानसम्म प्रतियोगितामा अनुबन्धन भइसकेका छन्।

प्रतियोगिता असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell