काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
१२ हजार २ सय २२ जनाको परीक्षण गर्दा १ हजार ६ सय ६४ जनामा संक्रमण देखिएको छ। जसमा ९ हजार १ सय १७ जनाको पिसिआर र ३ हजार १ सय ५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै २४ घण्टाको अवधिमा १ हजार ७ सय ८६ जना संक्रमण मुक्त भएका छन्।
२४ घण्टाको अवधिमा संक्रमण भएका २० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ५० पुगेको छ।
एक दिनमा ८५ हजार १ सय २८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।
