PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा करिब ४२ हजारमा देखियो कोरोना संक्रमण, एकैदिन १ करोड ३३ लाख बढीले लगाए खोप



पहिलोपोस्ट

भारतमा करिब ४२ हजारमा देखियो कोरोना संक्रमण, एकैदिन १ करोड ३३ लाख बढीले लगाए खोप
Photo : India Today / PTI

भारतमा एकैदिन करिब ४२ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। पाँचदिनसम्म लगातार ४० हजारभन्दा बढी संक्रमित पहिचान भएर हिजो करिब ३१ हजारमा संक्रमण देखिएको थियो। आजभने फेरि संक्रमितको संख्या एकैदिन १० हजारले बढेर करिब ४१ हजार ९६५ मा संक्रमण देखिएको हो।

थपिने संक्रमित मध्ये ३० हजार २०३ जना केरलामा रहेका छन्। दोस्रो लहरलाई नियन्त्रण गर्न सफल केरलामा हालभने संक्रमणको दर नियन्त्रण बाहिर पुगेको छ।

यस्तै, ३३ हजार ९६४ जना संक्रमण मुक्त भएसँगै भारतभर हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार १८१ पुगेको छ।

संक्रमणका कारण थप ४६० जनाको मृत्यु भएको छ। केरलामामात्रै ११५ जनाको मृत्यु भएको छ। हालसम्म कोभिड १९ संक्रमणका कारण भारतमा ४ लाख ३९ हजार २० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा १ करोड ३३ लाख १८ हजार ७१८ जनाले भारतमा कोभिड १९ विरुद्ध खोप लगाएका छन्। भारतमा ६५ करोड ४१ लाख १३ हजार ५०८ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell